Logo

यिनै माहान डा. हुन् प्रधानमन्त्री ओलीको सफलतापुर्वक मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर….!( हेर्नुहोस भिडियो सहित )

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन् । डा. ज्ञवालीको नेतृत्वमा गरिएको शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो । त्यसमा झन्डै दुई दर्जन चिकित्सक सहभागी भए । नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको डा. ज्ञवालीले बताए ।

शल्यक्रिया गर्नुअघि डा. ज्ञवालीले भनेका थिए, “वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो । अब अहिले लगाउने चौथो हो ।” ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अनन्त कुमार र अर्का एक मिर्गौलारोग विशेषज्ञ मङ्गलवार भारतबाट आएका थिए ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए । सोमबारदेखि मंगलबार बेलुकासम्म पनि प्रधानमन्त्री ओलीको विभिन्न परीक्षण गरेर शरीरलाई प्रत्यारोपणका लागि अनुकुल बनाइएको थियो ।

यो पनि हेर्नुहोस्ः प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौलालाई अपरेसन थिएटरबाट पोष्ट अप वार्डमा सारियो ! प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षा सङ्ग्रौलालाई अपरेसन थिएटरबाट पोष्ट अप वार्डमा सारिएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि नातामा भान्जी पर्ने सङ्ग्रौलाले मिर्गौला दान गरेकी थिइन् ।

बिहान १० बजेबाट प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएको अस्पताल स्रोतले जनाएको छ ।शल्यक्रियापश्चात प्रधानमन्त्रीले आधा लिटर पिसाब समेत फेरेका छन् । उनको मिर्गौलाले राम्रोसँग काम गर्न थालेको प्रा. डा. प्रेमराज ज्ञवाली जानकारी दिए प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि पहिलो पटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्