Logo

जानी राख्नुहोस : गरुड पुराणका अनुसार स्त्री वा पुरुषले जीवनमा अधुरो छोड्न नहुने यी ४ काम

गरुड पुराणमा यस्ता चार प्रकारका कामको वर्णन पाइन्छ जुन स्त्री वा पुरुष दुबैले कहिल्यै अधुरो छोड्न नहुने उल्लेख गरिएको छ ।यी चार कामलाई अधुरो छोडेमा भविष्यमा जीवनमा नोक्शान हुने धारणा छ ।थाहापाउनुस् यी चार काम जुन कहिल्यै अधुरो छोड्न हुन्न ।

पहिलो काम यदि कोही शत्रुले लगातार तपाइँलाई हानी पु–याउने कोशिस गरिरहेको छ भने सतर्क हुनुपर्छ । शत्रुसँग मित्रता बढाउन नसके उसलाई जसरी पनि पराजित गर्नुपर्ने शास्त्रमा उल्लेख छ । शत्रुलाई पराजित नगरी अधुरै छोड्यो भने उसले जुनैैसमयमा पनि नोक्शान पु–याउन सक्छ । त्यसैले शत्रुलाई नियन्त्रणमा राख्नुपर्छ ।

दोस्रो काम ऋण वा उधारो लिएपछि सँधै पूरै फिर्ता गर्नुपर्छ । यदि ऋण पूरै फिर्ता गरिएन भने ब्याजका कारण ऋण पुनः बढ्ने सम्भावना हुन्छ । त्यसैले ऋणलाई शत–प्रतिशत तिर्ने बानी गर्नुपर्छ ।

तेस्रो काम यदि कोही व्यक्ति बिरामी परेमा औषधोपचार गरेर पूर्णरुपमा उपचार गर्नुपर्छ । रोगलाई औषधोपचार गरेर पूरै रुपमा ठीक भएन भने रोग बल्झेर शरीरमा हानी पु–याउन सक्छ । त्यसैले रोगलाई जहिलेपनि पूर्ण निवारण गर्नुपर्छ ।

चौथो काम कुनै ठाउँमा आगलागी भएको छ भने आगो पूरै निभाउनुपर्छ । अन्यथा थोरै आगो पनि सल्केर ठूलो नोक्शान हुनसक्छ । आगोलाई कहिल्यै सानो ठान्नु हुँदैन र आगोलाई पूर्णरुपमा निभाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्