Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार आएको र आजदेखि उहाँलाई हिँडडुल गराउन थालिएको !

बुधबार मृर्गौला प्रत्यारोपन गरेर उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार आएको र आजदेखि उहाँलाई हिँडडुल गराउन थालिएको जनाएको हो ।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीका सबै भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीलाई मृर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि क्रमिक सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ । उनलाई पनि ठोस आहारा दिन थालिएको जनाइएको छ । प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्