Logo

बिरेन्द्रकी एक मात्र निशानी नातीनी, श्रुतीकी छोरिहरु कहाँ छन, कत्रा भए अनि के गर्दै छन हेर्नुहोस भिडियो

राजा वीरेन्द्रका चिकित्सक समेत रहेका डा खगेन्द्रबहादुर श्रेष्ठले ०६९ जेठमा काठमाडौँमा फोटो प्रदर्शनी आयोजना गरे । प्रदर्शनीमा राजा वीरेन्द्र र शाही परिवारसँग सम्बन्धित तस्बिर थिए । डा श्रेष्ठको निम्तो स्वीकार गर्दै श्रुतिको चिनोका रूपमा रहेका दुई छोरीका साथ गोरख बबरमहलस्थित नेपाल आर्ट काउन्सिल पुगे । आमा श्रुतिसहित दरबार ह,त्याका,ण्डमा ज्यान गुमाएका शाही परिवारका अन्य सदस्यको तस्बिर देखेपछि गिर्वाणी भावुक बनिन्, आँसु झारिन् । उनले आँसु झार्दै गरेको तस्बिर भाइरल भयो ।

आफूले समेत देख्न नपाएका श्रुतिका तस्बिरहरू देखेपछि भावुक त गोरख पनि बने । तर, अभिभावकीय दायित्वका कारण आँसु खसालिरहेका छोरीका अघिल्तिर रूने छुट उनलाई थिएन । आँसु दबाउँदै प्रदर्शनी हलबाट बाहिरिए, गोरख । त्यसयता गिर्वाणी र सुरंगना सार्वजनिक रूपमा देखिएको भनेको अघिल्लो साल १९ जेठमा नारायणहिटी दरबारअगाडि आयोजना गरिएको कार्यक्रममा हो, जुन दरबार हत्याकाण्डमा ज्यान गुमाएका शाही परिवारका सदस्यहरूको सम्झनामा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्