Logo

सधैं हातमा एउटा तामाको औंठी लगाउने गर्नुहोस, यती धेरै छन फाइदा ! जानी राखौ

सन् २००६ भन्दा अगाडि सौर्यमण्डलमा ९ ग्रह रहेको तथ्यांक थियो । पछि ग्रहहरुको संख्या घटाइयो र ८ वटा बनाइयो ।धार्मिकशास्त्र अनुसार पनि ९ ग्रह रहेको बताइन्छ । हरेक ग्रहको आफ्नै धातु हुन्छ । ग्रहको राजा सूर्य हो र सूर्यको धातु तामा हो । धर्मशास्त्र अनुसार ३ वटा धातुलाई मात्र पवित्र धातुका रुपमा स्वीकार गरेको पाइन्छ ।

सुन, चाँदी र तामालाई धार्मिक कामकाज तथा दानमा समेत उपयोगी मानिन्छ । र विशेषत: यी ३ धातुका गहना बनाएर मानिसले धारणसमेत गर्दछन् । तामालाई विशेषत: औँठीका रुपमा धारण गर्नेहरुको संख्या निकै छ । तामाको औँठी लगाउँदा के छ त फाइदा ?१. तामाको औँठी धारण गरेमा कुण्डलीमा रहेको सूर्य दोषलाई समेत कम गर्छ ।२. तामाको धारण गरेमा सूर्य र मंगलबाट हुने अशुभ असरलाई समेत कम गर्छ ।३. तामाको औँठी धारण गर्ने ब्यक्तिमा सूर्य समानको बल हुने विश्वास गरिन्छ ।

४. तामाको औँठी धारण गर्दा घरपरिवारमा सूर्यदेवको कृपा रहने र समाजमा मानसम्मान पाइन्छ ।५. तामाको औँठी धारण गर्दा रगत सफा गर्ने साथै यसमा औषधीय गुण हुने विश्वास गरिन्छ ।६. तामाको भाडोमा राखिएको पानी पिउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ ।७. तामाको औँठी धारण गर्दा पेटसम्बन्धी रोग समेत निदान हुन्छ ।८. तामा औँठी औँलामा लगाउँदा छालामा चमकपन आउने र मुलायम हुन्छ ।९. तामाका भाडाकँुडा प्रयोग गर्नेहरुमा रोगप्रतिरोधक शक्ति वृद्धि हुन्छ ।१०. तामाको औँठी प्रयोग गर्दा ग्रहहरु खुशी हुने र मानिसमा समस्या नपर्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्