Logo

खुसीको खबर: प्रधानमन्त्रीलाई सामान्य हिँडडुल र फिजियोथेरापी गराइँदै !

प्रधानन्त्री केपी शर्मा ओलीलाई सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापी जारी राखिएको अस्पतालले जनाएको छ । शनिबार विज्ञप्ती जारी गर्दै त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हँुदै गएको बताएको छ । प्रधानमन्त्री ओलीको गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । अस्पतालले प्रधानमन्त्रीलाई ‘नर्मल’ खाना दिन थालिएको समेत जनाएको छ ।

उहाँलाई अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ । उहाँका प्रमुख तथा ल्याब सूचकाङ्कहरु सामान्य अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्