Logo

‘जिउँदैमा स्वर्ग देखियो नेपाल साँच्चै सुन्दर रहेछ : विश्व सुन्दरी टोनी……(भिडियो सहित)

नेपाल भ्रमणका रहेकी विश्व सुन्दरी (मिस वर्ल्ड) टोनी एन सिङ हेलम्बु आएकी छन्। उनलाई स्थानीयले भव्य स्वागत गरेका छन्। करिब एक घण्टाको भ्रमणमा हेलम्बु आएकी टोनीलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्या ल्जेन शेर्पासहितका स्थानीयले भव्य स्वागत गरेका हुन्।

मिस नेपाल २०१८ श्रृंखला खतिवडा र मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको साथमा हेलिकोप्टरमा आएकी टोनीले हेलम्बु गाउँपालिकाको महत्वकांक्षी परियोजना हेलम्बु ग्रेट ट्रेल तथा निर्माणाधीन नमुना विद्यालय भवनको अवलोकन गरिन्। परियोजना अवलोकन पछि विश्व सुन्दरी प्रतियोगितामा ‘व्युटी अफ द प्रपोज’को उपाधि जित्न सफल मिस नेपाल श्रेष्ठले सञ्चालन गरेको आयआर्जन कार्यक्रम अवलोकन र लाभग्राहीसँग साक्षात्कार गरेकी थिइन्।

अवलोकनपछि टोनीले हेलम्बुको सुन्दरताबाट आफू प्रभावित भएको प्रतिक्रिया दिइन्। उनले परियोजना अवलोकनपछि आफू एक्साइटेट भएको बताएकी थिइन्। हेलम्बु भ्रमणले आफु उत्साहित भएको बताइन्। मिस नेपाल आयोजना गर्ने संस्थाकी अध्यक्ष जुलिया मोर्ली का साथ टोनीले हेलम्बुको सुर्सिङमा ह्योल्मो खानाका साथमा साग र ढिँडोको स्वाद लिइन्। सेतै र रातै फूलका लालीगुराँसको सुन्दरतामा उनी हराएकी थिइन् ।

आँखै अगाडि हिमाल अनि चीनको ग्रेट वाल जस्तै ग्रेट ट्रेल देखे पछि उनको प्रतिक्रिया थियो, ‘जि’उँदैमा स्वर्ग देखियो, नेपाल साँच्चै सुन्दर रहेछ ।’ भन्ने उनको पहिलो प्रति क्रिया रहेको थियो । हेलम्बुको विभिन्न डाँडाहरु नियाल्दै उनले प्रकृतिको मज्जा लुटिन् । घोप्टेघ्याङबाट नजिकैको सिमिसिदाङ हिमाल हेर्दै उनले भनिन्, ‘म यो क्षण जीवनभर भुल्दिन, निकै अविष्मरणीय रह्यो यो यात्रा ।’ लामो समयपछि नेपाल आएर ‘हण्र्डेड डेस्टीनेशन’मा परेको हेलम्बुमा आइपुग्दा आफूलाई भाग्यमानी सोचेको उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्