Logo

नेपालमै भेटियो अनौठो दुई टाउके करेत सर्प !

नेपालमै दुई वटा टाउको भएको करेत सर्प भेटिएको छ । उक्त दुई टाउके सर्प नवलपरासीको कावासोतीमा भेटिएको हो । दुई टाउके सर्प नेपालमा भेटिएको पहिलो पटक हो । यसअघि भारतको उत्तर प्रदेशमा भेटिएको थियो ।

नेपालमा पहिलो पटक दुई टाउके करेत सर्प फेला परेको छ । नेपालमा उक्त दुई टाउके करेत सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले फेला पारेका थिए । सर्प मे ८, २०१८ मा भेटिएको बताइएको छ । नवलपरासीको कावासोतीमा उक्त दुई टाउके सर्पको ८ महिना लगाएर अध्ययन अनुसन्धान गरी लेख प्रकाशित गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्