Logo

कसले हटायो ‘चपली हाइट ३’को टिजरमा आएको प्रतिकृया ?

गत शुक्रबार चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भयो । तर, जब टिजर युट्युबमा आयो त्यहाँ केही फरक किसिममा कमेन्टहरु देखिए । ‘चपली हाइट ३’को टिजरको कमेन्टमा ‘प्रेम गीत ३’ को चर्चा बढि थियो ।

चपली हाइट ३ र प्रेम गीत एकसाथ रिलिज हुदैँछन् । नयाँ वर्षलाई लक्षित गरेर चैत २८ गते यी दुई चलचित्र रिलिजको तयारीमा रहेका छन् । त्यसैले पनि चपली हाइटको कमेन्टमा प्रेम गीतको चर्चा भएको होला ।

तर, कमेन्ट भने अजिव थिए । चपली हाइट ३ लाई सार्ने धम्की देखि फ्लप हुनेसम्मको कमेन्ट त्यहाँ लेखिएको थियो । कसैले सभ्य भाषामा चलचित्रलाई सार्न समेत लेखेका थिए ।

आफ्नो चलचित्रको टिजरमा कमेन्ट गर्न एक झुण्ड नै खडा भएको भन्दै चपली हाइट ३ निर्माता अर्जुन कुमारले फेसबुकमा रिस पोख्दै । उनले अपशब्द सहित चैत २८ कसैको बाउको विर्ता नभएको लेखेका थिए ।

विवादले उग्र रुप लिएपछि अहिले युट्युबमा ती कमेन्टहरु हटेका छन् । तर, ती कमेन्ट कसले गरेको थियो र किन हट्यो वा हटाइयो भन्ने विषयमा प्रश्न नै छ । ती कमेन्टहरु दर्शकले नै हटाए वा युट्युब च्यानलले हटायो भन्ने पनि अर्को जिज्ञाशा हो ।

जे होस्, आश गरिएका दुई चलचित्र एकसाथ रिलिज हुदाँ दुबैलाई घाटा हो । तर, नयाँ वर्षको समय भएकाले दुबै चलचित्रले दर्शक पाउने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्