Logo

सम्पूर्ण देसबासीलाई फागुपूर्णिमा : सुख, शान्ति एवं समृद्धिका लागि राष्ट्रपतिको शुभकामना !

फागुपूर्णिमा (होली)को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना दिएकी छन् । उनले यो पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा सोमवार (फागुन २६) र तराईका जिल्लामा मंगलवार (फागुन २७) मनाइँदै छ । राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यो पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान गर्ने विश्वास लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्