Logo

होली पर्वलाई दुर्घटनारहित र सुरक्षित बनाउन काठमाडौं उपत्यकामा होलीमा ७६ स्थानमा चेकिङ, १४ मोबाइल भ्यान गस्तीमा परिचालन !

 

उपत्यका ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित र सुरक्षित बनाउन काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ । राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने महाशाखाले जनाएको छ । उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोाबाइल चेकिङ गरिने बताइएकाे छ ।

मुख्यतया उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमित बाहेक थप ट्राफिक प्रहरी तथा मोटरसाइकलमा समेत ट्राफिक प्रहरी गरी जम्मा ५ सय ६६ जना ट्राफिक प्रहरी परिचालन गरिएकाे छ ।

मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, हेलमेट नलगाई दुईपांग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाइ गरेर चलाउनेलाई कारबाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको छ ।

त्यस्तै, सडक र सवारी प्रयोगकर्ताहरूलाई उपत्यकामा कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाइन १ सय ३ मा फोन गर्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्