Logo

होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा७ युवतीसहित ६५ जना पक्राउ !

प्रहरीले होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा ६५ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट ७ जना युवतीसहित अन्यलाई सोमबार पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने पनि छन् । समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका छन् ।पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ । साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने बोगटीले जनाए ।

प्रतिक्रिया दिनुहोस्