Logo

नेपालमा अहिलेसम्म कोरना नदेखिएको सरकारको दावी ! शंका गरिएका सबैको रिपोर्ट‘नेगेटिभ’ !


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको आशंका गरिएका ४ सय ४१ जनाको नमूना परीक्षण नेगेटिभ आएको जनाएको छ । परीक्षण गरिएकामध्ये एक जनामा पनि कोरोना भाइरसको सङ्क्रमण नभेटिएको मन्त्रालयले प्रस्ट पारेको हो ।

माघ ९ गते चीनबाट फर्किआएका एक नेपालीमा देखा परेपश्चात हालसम्म थप संकास्पद ४ सय ४१ वटा नमुना प्रयोगशालामा परीक्षण गरिएकोमा सबै नतिजामा कोभिड–१९ सङ्क्रमण नरहेको मन्त्रालयले जनाएको छ ।सङ्क्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा सङ्क्रमण रोकथामका लागि नियमित रूपमा औषधिसहितको स्प्रे गर्ने काम भइरहेको समेत विज्ञप्तिमा उल्लेख छ । यसैगरी छिमेकी मुलुकहरूसँगका स्थलमार्गका ३७ नाकामा प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा ‘हेल्थ डेस्क’ स्थापना गरी नेपाल भित्रिने यात्रुको जाँच सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्