Logo

हिमानी शाहलाई च,कित पार्दै पूर्वयुवराज पारस शाहले यस्तोसम्म गरेपछि जताततै चर्चा, एकाएक तस्विर बन्यो भाइरल…हेर्नुहोस!

काठमाडौं – पूर्वयुवराज पारस शाह विभिन्न कामले चर्चामा आइरहन्छन् । उनको सामान्य गतिविधिले पनि सामाजिक सञ्जालमा ठूलो रुप लिने गर्छ । उनको पक्ष र विपक्षमा धेरै बहस हुने गर्छ । यस्तै शनिबार नयाँ हुलियामा देखिएका पारसको पनि अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । यहाँ उनी सफाइ अभियन्ताका रुपमा देखिएका छन् । तस्वीर पशुपतिनाथ क्षेत्र परिसरको हो । शनिबार पशुपतिनाथ परिसरमा भेटिएका उनी लामो पछ्यौरा ओढेर झाडुले सफाइ गरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर उनी पशुपतिनाथ मन्दिर परिसर पुगेका थिए । सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेको बताइएको छ ।

पूर्वयुवराज पारस शाहले सोनिकालाई यस्तो महँगो उपहार दिएपछि तात्यो सामाजिक संजाल केहि समय अगाडी सामाजिक संजालमा फोटो र भिडियोका कारण चर्चामा आएका पुर्वयुवराज पारस शाह र मोडल सोनिका रोकाया फेरी चर्चामा आएका छन् । निकै कम समयमा नजिक भएका पूर्वयुवराज पारस शाह र मोडल तथा सोनिका रोकायाको प्रेमसम्बन्ध रहेको चर्चा चल्ने गर्छ । तर, सोनिकाले भने पारससँग प्रेममा नभएको दा,बी गर्दै आएकी छिन् । यतिबेला भने मोडल सोनिकाले आफ्नो जन्मदिन मनाएको भिडियो युट्युबमार्फत शेयर गरेपछि फेरि एकपटक सामाजिक सञ्जाल तातेको छ ।

सोनिकाको जन्मदिनमा ‘स्पेशल गेस्ट’ बनेर पुगेका पारसले सोनिकालाई हार उपहार दिएका छन्, उक्त हार हिराको भएको सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ । तर, सोनिकाले भने उक्त हार हिराको हो या के को हो भन्ने बताउन चाहिनन् । खबरहबको प्रश्नमा सोनिकाले भनिन्, ‘सबै सेतो देखिने हिरा नहुन पनि सक्छ, पारस सरकारले आफ्नो लेभलअनुसार गिफ्ट गर्नुभयो ।’

कतिपय मिडियाले ‘डलर’ कमाउने उद्देश्यले हिराको हार उपहार दिएको भन्दै समाचार बनाएको समेत उनले आ,रोप लगाइन् । ‘दिदीले पनि मलाई औंठी दिनुभएको थियो, तर त्यो कुरा किन मिडियामा आएन ?,’ उनको प्रश्न थियो ।

जन्मदिनको कार्यक्रममा पुगेका पूर्वयुवराज पारसले सोनिकालाई चुम्बन गरेका थिए । यस्तै सोनिकाले पनि पारसलाई चुम्बन गरेको सोनिका आफैले अपलोड गरेको भिडियोमा देखिन्छ । यो भिडियो सार्वजनिक भएपछि सोनिका र पारसको निकटतालाई लिएर फेरि चर्चा हुन थालेको छ ।

त्यसो त सोनिका र पारस पछिल्लो समय धेरैपटक एकसाथ देखिएका छन् । उनको जन्मदिनमा अन्य केही कलाकारको पनि उपस्थिति थियो । जन्मदिनमा भावुक बनेकी सोनिकाले पत्रकारलाई भने बोलाएकी थिइनन् । उनले भनिन्, ‘पत्रकारले मेरो बारेमा नराम्रो मात्र लेख्छन्, डलर कमाउनका लागि त्यस्तै भिडियो बनाएर हाल्छन्, त्यसैले बोलाइनँ ।’

पूर्व युवराज पारस शाह सोनीकासँग नजिकिएपछि पत्नी हिमानी शाहले लेखिन यस्ता ५ भावुक स्टाटस

पूर्वयुवराज पारस शाह र समलिङ्गी मोडल सोनीका रोकायबीचको अफयर्स चलिरहेको खबरले यतिबेला चर्चा पाएको छ । पारससँग सङ्गत् बढेपछि सोनिकाले अ,श्लील ह,र्कतहरु पनि ब,न्द गरेकी छिन । सार्वजनिकरुपमै अ,श्लील तथा छाडा शब्दहरु बोल्ने र अर्धनग्न भएर हिड्ने जस्ता कार्यहरुले युटुबर समेत रहेकी सोनीका बेला बखत चर्चामा आउने गरेकी छिन । तिनै सोनीका पूर्व युवराज पारस शाहसँग एकदमै नजिक बनेकी छिन । यो कुरा उनी आफैले स्वीकार गरिसकेकी पनि छिन ।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्