Logo

कुवेतबाट फर्किएका नेपालीमा कोरोना भाइरस संक्रमण : पाटन अस्पताल आइसोलेसनमामा दुई जना भर्ना

कुवेतबाट फर्किएका एक नेपालीलाई कोरोना भाइरस सं’क्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा दुई जना भर्ना भएका छन् । सोमबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस सं’क्रमणको लक्षण देखिएपछि पाटन अस्पताल लगिएको थियो । उनको नमुना परीक्षण भएको छैन ।

विमानस्थलमा शं’कास्पद विरामी आएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगिने भए पनि कुवेतबाट फर्किएका ती नेपालीलाई भने पाटन लगिएको हो । ‘यहाँ बेड खाली छैन भन्ने म्यासेज बाहिर गएकाले पाटन पठाइएको रहेछ, तर यहाँ पनि आइसोलेसन वार्ड खाली नै थियो’ टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने । ती विरामीको मंगलबार नमुना परीक्षण गर्ने तयारी छ ।

त्यसैगारी अहिले विश्वभर भयावह रुपमा फैलिएको को’रोना भा’इरस एकै परिवारका ५ जनामा देखिएको खबर आएको छ । यो नेपालको खबर भने होईन । भारतको केरला राज्यमा एउटै परिवारका ५ जनालाई को’रोना भा’इरस सकारात्मक देखिएको छ । भारतमा विरामीहरूको कुल संख्या ३९ पुगेको छ । प्राप्त जानकारी अनुसार, परिवार केही दिन अघि इटालीबाट फर्किएको थियो । इटली जहाँ यस भाइरसबाट प्रभावित व्यक्तिहरूको संख्या धेरै पुगेको छ। यो खबरले केरला राज्य नै आत्तिएको छ । केरला स्वास्थ्यमन्त्री केके सेलजाले भने कि परिवारका सदस्यहरूले विमानस्थलमा उनीहरूको भ्रमणको विवरण भने दिएका थिएनन् त्यसैले उनीहरूको छानबिन हुन सकेन ।

पाँच व्यक्ति मध्ये जसको छानबिन रिपोर्ट आयो, एक बच्चा पनि रहेको छ । राज्य स्वास्थ्यमन्त्रीले भने, ‘बच्चा र उसका आमा बुबा हालै इटाली गएका थिए । फर्केर आएपछि उनले केही आफन्तहरूलाई पनि भेटेका छन् ।ती आफन्तहरु अस्पताल पुगेका थिए जहाँ उनीहरुलाई को’रोना भा’इरसको लक्षण देखाए पछि अस्पतालमा भर्ना गरिएको थियो । पछि, पी’डितको परिवारलाई पनि अस्पतालमा छुट्टै राखियो ।’ उनीहरुले आफ्नो जानकारी लु’काएका कारण स’मस्या आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्