Logo

चीनले दियो खुशीको खबर अब हुबेको चियानजियाङ नगरमा मानिसहरूमाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्न लागिएको घोषणा गरिएको छ।

चीनमा कोरोनाभाइरसको सङ्कट नियन्त्रणमा आउन थालेका सङ्केत देखिन थालेको बेला चिनियाँ राष्ट्रपति सी जिन्पिङले कोरोनाभाइरसको प्रकोप सुरु भएको मध्य चिनियाँ शहरको भ्रमण गरेका छन्।

चीनको सरकारी सञ्चारमाध्यमले सीले हुबे प्रान्तको वुहान नगरको एक अस्पताल भ्रमण गरेको जनाएको छ।

त्यहाँ उनले स्वास्थ्यकर्मी र बिरामीसँग भिडिओमार्फत कुराकानी गरेको देखाइएको छ।

कोरोनाभाइरसबारे यी दाबी जुन तपाईँले बेवास्ता गर्नुपर्छ
कोरोनाभाइरसको त्रासबीच विश्वका प्रमुख बजारमा हलचल
चीनमा कोरोनाभाइरसका थप १९ वटा मात्र नयाँ सङ्क्रमण फेला परेको जनाइएको छ।

निरीक्षण
अब हुबेको चियानजियाङ नगरमा मानिसहरूमाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्न लागिएको घोषणा गरिएको छ।

त्यहाँ जाँच चौकी हटाइने र सार्वजनिक यातायात फेरि सुरु गर्न लागिएको छ।

राष्ट्रपति सीले सङ्कट सुरु भएपछि पहिलोपटक वुहानको भ्रमण गर्दै बेइजिङले कोरोनाभाइरस सङ्कटलाई नियन्त्रणमा लिन सफल भएको सङ्केत दिन खोजेका छन्।

मूख्यभूमि चीनमा अहिलेसम्म ८० हजार भन्दा बढी मानिस कोरोनाभाइरस सङ्क्रमित भएको र ३१ सय भन्दा बढीको ज्यान गएको बताइएको छ।

सञ्चारमाध्यमका अनुसार सी मङ्गलवार वुहान पुगेपछि त्यहाँको प्रकोप नियन्त्रणका कामको निरीक्षण गरेका छन्।

प्रकोप सुरु भएयता वुहान र हुबे प्रान्तमा मानिसको आउजाउमा प्रतिबन्ध लगाइएको छ।

उनले त्यहाँको एक समुदायलाई समेत भेटेको जनाइएको छ।

सङ्केत
ग्लोबल टाइम्स पत्रिकासँग कुरा गरेका विश्लेषकहरूले सीले “देश र समस्त विश्वलाई चीन प्रकोपको अध्यारो क्षणबाट बाहिर निस्कन सफल भएको बलियो सङ्केत दिएको” बताएका छन्।

राष्ट्रपति सीले दश दिनमा निर्माण पूरा भएको हुओशेशान अस्थायी अस्पतालको समेत भ्रमण गरेका छन्।

सरकारी सञ्चार माध्यमहरूले चीनमा खोलिएका त्यस्ता अस्पतालमध्ये १४ वटा बन्द गरिएको पुष्टि गरेका छन्।

रेन्मिन विश्वविद्यायका प्राध्यापक झाङ मिङले रोयटर्स समाचार संस्थालाई भने: “उनी अहिले त्यहाँ बाली भित्र्याउन गएका हुन्। उनी त्यहाँ पुग्नुको अर्थ के हो भने चिनियाँ कम्युनिस्ट पार्टीले अब छिट्टै भाइरसविरुद्धको लडाइँमा विजय हासिल भएको घोषणा गर्न सक्छ।”

प्रतिक्रिया दिनुहोस्