Logo

कोरोना विरुद्ध सार्क राष्ट्रसँग मिलेर अघि बढ्न तयार छौं : प्रधानमन्त्री केपी शर्मा ओली !

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको बताएका छन् ।शुक्रबार ट्वीटरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गर्दै उनले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताए ।

यसअघि शुक्रबार नै भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका थिए ।सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् । हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो ।मोदीको प्रस्तावमा माल्दिभ्स, श्रील‌ंकाले पनि समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्