Logo

बधाई ! धादिङका हिमेश पन्त बने पहिलो ‘कमेडी च्याम्पियन’!(हेर्नुस भिडियो सहित )

काठमाडौं, १ चैत । धादिङका हिमेश पन्त पहिलो कमेडी च्याम्पियन बनेका छन् । अन्तिम तीनमा पुगेका खड्गबहादुर पुन र सुमन कोइरालाई पछि पार्दै धादिङ जुँगेखोलाका पन्त पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बनेका हुन् ।

पहिलो कमेडी च्याम्पियन बनेर उनले नगद २५ लाख र कार लगायत अन्य पुरस्कारहरु जितेका छन् । यसअघि उनी राउण्ड अफ द विकमा छानिएपछि पन्त सिधै फाइनलमा पुगेका थिए ।

विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’काे ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ उपस्थित थिए । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए । सोको होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्