Logo

आज मंगलबार : भगवान गणेशबाट सिक्नुहोस् यी कुरा !

आज मंगलबार । धेरैको प्रिय भगवान गणेशको पुजाआराधना तथा व्रतको लागि राम्रो मानिने दिन । हिन्दु धर्मावलम्बीहरुले हप्ताको सातै बारलाई विभिन्न देवी देवताको बारको रुपमा लिन्छन् र सोहि बारमा भगवानको प्रार्थना गर्छन् । सोहि अनुरुप मंगबारको दिन कार्यसिद्धिको लागि गणेश भगवानको पुजाआराधना गरिन्छ । भगवान गणेशको पुजा आराधना नगरी कुनै कार्य गर्दा पनि सफल हुँदैन भन्ने धार्मिक मान्यता छ ।

भगवान् गणेशका अतिरीक्त यस दिन कालीमाता, दुर्गा माता र हनुमानको पनि पुजा आराधना गरिन्छ । भगवान गणेशलाई सिद्धिविनायक भनेर पनि पुकारीन्छ । मंगलबार गणेश मन्दिरहरुमा भिड लाग्छ । हात्तिको जस्तो शिर, मानिसको जस्तो बडेमानको भूडी, हात्तिको जस्तो लामो मोटो नाक, लामा लामा कान भएका गणेशको यी संरचनाबारे विभिन्न किस्साहरु जेडिएको पाईन्छ ।

हात्तिको जस्तो शिरबाट यो कुरा सिक्नुहोस्;
भगवान गणेशको शिर हात्तीको जस्तै छ । त्यसैले कुनैपनि काम गर्दा उच्च शिर लिएर अर्थात् जसरी हात्तिलाई संसारको सबैभन्दा ठूलो थलचर प्राणिको रूपमा लिइन्छ । त्यसरी नै मान्छेले आफुले समाजमा शिर झुकाउनु नपरोस् भन्ने प्रार्थना गर्ने गर्छन् । विज्ञान भन्छ, हात्ती संसारको सबैभन्दा ठूलो थलचर प्राणि भएतापनि यसको आँखा तुलनात्मक रुपमा सानो हुने हुँदा अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्छ ।

तसर्थ गणेश भगवानको आकृतिमा देखिएको हात्तीको शिरबाट यो सिक्नु कि संसारमा भएका हरेक जीवलाई आफु भन्दा ठूलो हो भन्ने भावना राख्नु पर्छ । अनिमात्रै सफलता प्राप्त हुन्छ ।

ठुला कानबाट यो कुरा सिक्नुहोस्;
पक्कै पनि तपाईले याद गर्नुभएको होला भगवान गणेशका कानहरू ठुला छन् । यसको अर्थ हुन्छ, मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु र बुझ्नु पर्छ । हाम्रा दुई कानको सार पनि त्यहि नै हो । सबैको कुराहरू ध्यान दिएर सुन्ने मानिस अन्य मानिस भन्दा बुद्धिमत्ता हुन्छ । आफ्नो मनमौजी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन । गणेश भगवान्को कान ठूलो हुनुको आफ्नो बारेमा नराम्रो कुरा सुन्ने हिम्मत जुटाउनुपर्छ । त्यसैले हामीले कुनै पनि कामको सुरु गर्दा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गर्नु राम्रो हुन्छ भन्ने अर्थ शास्त्रहरुमा छ ।

नाक लामो हुनुको अर्थ;
लामो नाक भएको मानिसलाई कस्तो गणेश जस्तो भन्ने गरीन्छ नि । पक्कै पनि त्यसको अर्थ छ । भगवान गणेशको नाक लामो हुनुको अर्थ कुनैपनि मान्छेले काम अथवा कार्यथालनी गर्दा आफ्नो लाज (इज्जत) बचाएर गर्नुपर्ने हुन्छ । समाजमा प्रचलित उखान छ कि फलानाले नाक काट्यो । यसर्थ समाजमा इज्जत बचाउने काम म बाट होओस् भनेर गणेश भगवानको लामो नाकलाई स्मरण गरी दृढ भएर सकारात्मक सोँचका साथ कार्य थालनी गर्दा अवश्य पनि कार्यसिद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्