Logo

बिरामी हुँदा पनि फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगे पारस !(हेर्नुहोस भिडियो सहित )

केही समययता पूर्वयुवराज पारस शाह मोडल तथा भिजे सोनिका रोकायाबीचको सम्बन्धले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ ।
केही दिन अघि पशुपतिनाथमा झाडु बोकेर सरसफाईमा सरिक पारस अहिले फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगेपछि चर्चामा छन् ।त्यसो त उनी केही दिन यता बिरामी रहेको समाचार समेत बाहिरिएको थियो । पारसनिकट स्रोतका अनुसार उनलाई पार्किन्सन्स भएको हो । पार्किन्सन्सबाट पीडित बनेका पारसले सोनिकासँगको उठबसलाई भने रोक्न सकेका छैनन् ।

युटुबर सोनिकाले सिनामंगलमा खोलेको फोनिक्स पार्लरको उद्घाटनमा उनी पुगेका हुन् । पारस अस्वस्थताका बावजुत पनि उनी फूलका बुकी बोकेर बधाई दिन कार्यक्रमस्थलमा पुगेका थिए । पारसले त्याहाँ कालो चिया समेत खाएका थिए ।उक्त पार्लरमा उनले आफ्नो कपाल धुँदै सबैलाई धन्यवाद समेत दिए । केहीले त्यहाँ पारससँग सेल्फी समेत खिचेका थिए ।पारिवारबाट टाढा भएर बाहिर बस्दै आएका उनी युट्युबर सोनिका रोकासँगको सम्बन्धले चर्चा भन्दा बढी आलोचना खेप्दै आएका छन् ।

सामाजिक सञ्जालमा उनीहरुबीच प्रेमसम्बन्ध रहेको चर्चा चल्ने गरेको छ । तर, सोनिकाले भने पारससँग प्रेममा नभएको दाबी गर्दै आएकी छिन् ।केही दिन अघि पारसले सोनिकाको जन्मदिन मनाएको विषयले समेत चर्चा पाएको थियो । जन्मदिनको उनले सोनिकालाई हिराको हार उपहार दिएको सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्