Logo

इटलीमा कोभिड-१९ रोगका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ

इटलीमा कोरोनाभाइरसले लगाउने कोभिड-१९ रोगका कारण एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।


त्यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो।

कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ। विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन्।

इटलीमा थप ४७५ जनाको ज्यान गएपछि कोभिड-१९ रोगका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ।

नेपालमा परीक्षण गरिएका थप १६ जनामा ‘कोरोनाभाइरस सङ्क्रमण देखिएन’
सिनेमा हल, रङ्गशाला डेढ महिनाका लागि बन्द गरिने
प्रतिबन्धहरूको बेवास्ता
केही इटालेलीहरूले केही साताअघि लगाइएका आवतजावत प्रतिबन्धहरूको बेवास्ता गरिरहेका छन्।

आन्तरिक मन्त्रालयका अनुसार मङ्गलवार जरुरी कामबिना बाहिर रहेका ८,००० मानिस समातिएका थिए।

पहिलो दिनको तुलनामा त्यो सङ्ख्या चार गुणाले बढी हो। त्यहाँ निषेधाज्ञा अटेर गर्नेलाई जरिवाना वा तीन महिनाको कैद सजायको व्यवस्था छ।

छिमेकी जर्मनीमा चान्सलर एन्गेला मर्केलले आफ्नो देशले अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको बताउँदै मानिसहरूलाई भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धहरूको पालना गर्न आग्रह गरेकी छन्।

फ्रान्समा मङ्गलवारदेखि सबै मानिसलाई अत्यन्त जरुरी काम नभएसम्म आफ्नो घरमैँ बस्न आदेश दिइसकिएको छ।

के हुन्छ? सङ्रकमण भएपछि शरीरमा यस्तो हुन्छ
कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
के गर्ने, के नगर्ने?’रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन’
नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
स्वास्थ्य सङ्कटकाल
तस्वीर कपीराइटEPA
पोर्चुगलले पनि आतपकाल घोषणा गर्दै भाइरस फैलिने क्रम रोक्न कडा कदमहरू चाल्न लागेको छ।

ब्रिटेनमा आउने सप्ताहअन्तदेखि स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारीका छोराछोरी पढ्ने बाहेकका सबै विद्यालयहरू बन्द गर्न लागिएको छ।

युरोपमा ईयू सदस्य राष्ट्रहरूबीचको खुला आवतजावत पनि असम्भव तुल्याइसकिएको छ। सर्बियाले रात्रिकालीन कर्फ्यू लगाउन लागेको छ।

दक्षिण अमेरिकी देश चिलेमा पनि नब्बे दिनका लागि सङ्कटकाल घोषणा गरिएको छ।

अमेरिका र क्यानडाले अत्यावश्यक आपूर्तिबाहेक सबै सवारी साधनका लागि सिमाना बन्द गर्ने निर्णय गरेका छन्।

यूएईद्वारा भिसा रद्द
संयुक्त अरब इमिरेट्स यूएईले भिसा वा प्रवेशाज्ञा पाएका सबै विदेशी अब दुई सातासम्म यूएई प्रवेश गर्न नपाउँने घोषणा गरेको छ।

८० लाख भन्दा बढी एशियाली तथा उत्तर अफ्रिकी आप्रवासी कामदार यूएईमा बसोबास गर्छन् ।

नयाँ नियमबाट कति जना प्रभावित हुन्छन् त्यो प्रस्ट छैन।

प्रतिक्रिया दिनुहोस्