Logo

कतारले गर्यो प्रशंसनीय काम, अलमिराद्वारा ४८ घण्टाभित्रै अस्थाई शाखा विस्तार

आफ्नो देशको जनसंख्या भन्दा धेरै आपर्वासीहरुको संख्या रहेको कतारमा कोरोना भाइरसको जो-खिम दिन प्रतिदिन बढ्दै गइरहेको छ। कतारले आफ्नो देशभित्र बस्ने सम्पूर्ण नागरिकलाइ कोरोनाभाइरसबाट सुरक्षित राख्न हरेक दिन नयाँ कदम उठाउँदै आएको छ।

कतार प्रशासनले पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाभाइरसविरुद्ध केही यस्ता प्रशंसनीय कदम उठाएको छ जसले कोरोनाको प्रभाव कम गर्ने निश्चित देखिन्छ। कतारले उठाएका यस्ता कदमले होम क्वारेन्टाइनमा बसेकालाइ प्रत्क्ष फाइदा पुग्ने देखिन्छ।

यात्रुलाइ टिकट फिर्ता

कतार एयरवेजको टिकट किनेर भाइरसका कारण यात्रा गर्न नपाएकाहरुलाई टिकट फिर्ता ल्याउने अथवा स्थगन गरेर निशुल्क अर्को मितिमा सार्न सकिने विकल्पको व्यवस्था गरिने बताएको छ। त्यसका लागि टिकट खरिद गरेको ठाउँमा सम्पर्क गर्न एयरवेजले आग्रह गरेको छ ।

एयरवेजका अनुसार आगामी जुन ३० तारिखसम्म बुकिङ गरिएका टिकटहरु रद्द गर्न र मिति सार्न पाइनेछ । कोरोनको प्रकोप बढ्दै गएपछि कतार सरकारले सम्भावित जोखिमलाई ध्यान दिँदै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि एयरवेजका उडान प्र भावित हुन् पुगेका छन्।

नि: शुल्क ‘सेनिटाइज’ सेवा

कतारको पेट्रोलियम कम्पनि उकुडले गाडी धुलाई गर्दा नि: शुल्क सेनिटाइज गरिदिने भएको छ। गाडी भित्र रहने सम्भावित भाइरसलाइ निर्मुल गर्न कम्पनीले नि: शुल्क सेनिटाइजर स्प्रे गाडीभित्र छर्कीदिने भएको छ। साथै उकुडले आफ्नो मातहतमा रहेर भाडा तिर्नेहरुलाई ३ महिनाका लागि भाडा छुट दिने भएको छ।

अलमिराद्वारा ४८ घण्टा भित्रै अस्थाई शाखा विस्तार

कतारमा किराना, फलफु, सगसब्जी तथा तरकारीका लागि प्रख्यात सुपर मार्केट अलमिराले ४८ घण्टा भित्रै अस्थाई शाखा विस्तार गर्ने भएको छ। कोरोनाभाइरसका कारण बजारमा किनमेल गर्न नपाएका कामदारहरुलाइ मध्यनजर गर्दै कतारको ‘मुकाएनिश’ क्षेत्रमा उक्त मार्केट स्थापना गरिएने भएको।

परिक्षा गर्न नपाएका विद्यार्थीले छुटेको विषयबाट ‘फुलमार्क’ पाउने

कोरोनाभाइरसका कारण परिक्षा दिन छुटेका तिनवटा विषयमा पुनः परिक्षा नलिइ सबैलाई पुरा अंक (फुलमार्क) दिने कतार सिक्षा मन्त्रालयले जनाएको छ। कतार सिक्षामन्त्री फ़ाउजिया अल खेतरले पेनिन्सुलालाइ जानकारी दिए अनुसार भाइरसको असरले विद्यार्थीको पढाइमा बाधा नपुग्ने गरि कक्षा संचालनको तयारी गरिएको छ। मन्त्रालयले ‘भर्चल लर्निङ्ग’ अनलाइनको माध्यमबाट घरमै विद्यार्थीलाइ पढाउन सकिने विकल्पमा पनि काम गरिरहेको जनाएको छ।

टेलिकम ओरेडुले घरमै बसौं अभियानअन्तर्गत भारी छुट दिने

भाइरसका कारण बाहिर निस्किने वातारवरण अनुकुल नभएपछि कतार स्थित टेलिकम कम्पनि ओरेडुले विभिन्न शिर्षकमा भारी छुट दिने भएको छ। तिव्र गतिको इन्टरनेट, नि : शुल्क मोबाइल रेमिटेनश सेवा, रिचार्ज गर्दा दुइ गुणा बोनस जस्ता अनेक सुविधा दिने बताएको छ। ओरेडु जस्तै अर्को दूरसञ्चार सेवा प्रदायक कम्पनी भोडाफोनले पनि असीमित डाटा (unlimited data) र फ्री वाईफाईको सुविधा दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्