Logo

मुटुमा समस्या भएपछि डा.बाबुराम भट्टराई गंगालाल अस्पतालमा भर्ना !

मुटुमा समस्या भएको महशुष भएपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बुधबार राति बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।राति ७ बजे अस्पताल पुगेका भट्टराईको एन्जियोग्राफ्री लगायतको परीक्षण गरिएको छ । प्रारम्भीक सबै परीक्षण ठीकठाक देखिएपछि उनलाई आजै डिस्चार्जको तयारी भएको उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।

डा. साब ब्याक पेन र मुटुमा असजिलो भएपछि अस्पताल आउनुभएको थियो,’ पोखरेलले भने, ‘सबै ठीकठाक देखिएकाले आजै घर जाने तयारीमा छौं ।’भट्टराईको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले उपचार गरेको थियो । उनलाई चिकित्सकहरुले मसल पेन भनेका छन् । यद्यपि उनको मुटुको चाल चिकित्सकको निगरानीमा राखेर अध्ययन गरिदै छ ।

प्रतिक्रिया दिनुहोस्