Logo

विदेशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट सतर्क रहनू’,अब नेपाली नेपाल आउनु नपाउने

काठमाडाैं, ६ चैत्र । सरकारले विदेशमा रहेका नेपालीलाई कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेको छ। कोरोना फैलिएको सबै मुलुकमा नेपाली पुगेका छन्। सरकारले उनीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन अपिल गरेको छ।

अस्ट्रेलियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई एकै स्थानमा जम्मा नहुन र बाहिर ननिस्कन भनेको छ। अस्ट्रेलियामा डेढ लाखभन्दा बढी नेपाली छन्। तीमध्ये अधिकांश विद्यार्थी छन्।

अस्ट्रेलियाका नेपाली खाना मात्र होइन ट्वाइलेट पेपरसमेत नपाएर असहजमा छन्। चितवनका उमेश थापाले सिड्नीबाट टेलिफोनमा भने, ‘हामी त ट्वाइलेट पेपर पनि नपाएर अलमलमा छौं। खानेकुरा त जम्मा गरिएको छ। त्रास बढ्दो छ।’

त्यस्तै अवस्था खाडीमा रहेका नेपालीको पनि छ। दक्षिण कोरिया र जापानमा रहेका नेपालीले पनि उस्तै पीडा सुनाएका छन्। ती देशका नागरिकलाई सम्बन्धित दूतावासमार्फत सतर्क रहन अपिल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्