Logo

शुक्रबारदेखि पसल खोल्ने सरकारको तयारी !

सरकारले उपत्याका विभिन्‍न ५ ठाउँमा सुपथ मूल्यका पसल खोल्ने भएको छ । शुक्रबारदेखि उपत्याका विभिन्‍न ५ स्थानमा सूपथ मूल्यको पसल खोल्ने तयारी गरिरहेको आपूर्ति मन्त्री लेखराज भट्टले बताए ।

बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले शुक्रबारदेखि साल्ड ट्रेडिङले पसल खोल्ने लागेको जानकारी दिए। मन्त्री भट्टाले खाद्यान्न ४ देखि ६ महिनासम्मलाई पुग्‍ने अवस्थामा रहेको बताए। यस्तै ८ महिनासम्मलाई पुग्‍ने औषधि,१० महिनासम्मका लागि पुग्‍ने नुन र ३ महिनासम्मका लागि पर्याप्त चिनी पनि रहेको मन्त्री भट्टले बताए।उनलेस्वास्थ,गृह र अपूर्ति मन्त्रालयले उपत्याका बाहिर पनि बजार अनुगमन गरिरहेको जानकारी दिए।

मन्त्री भट्टले पेट्रोलियम पदार्थको पर्याप्त भएको उल्लेख गर्दै व्यवस्थापनमा मात्रै समस्या रहेको बताए। उनले भने,’खाद्य १ क्वीन्टल लिनेले १० क्वीन्टल पनि लिएका छन्। ग्यास पनि यस्तै भएको छ। जनताको घरमा छापा मार्ने स्थिति हुन्न राज्यको। ‘ बजारका सिटामोलको माग बढेकोमन्त्री भट्टको भनाइ थियो।मास्क र ह्यान्ड स्यानिटाइजर मागअनुसार आपूर्ति गर्न नसकेको बताउँदै मन्त्री भट्टको भनाइ छ। ग्यास कालोबजारी गर्नेबाट फागुनयता ५६ लाख ३० हजार जरिवाना भराइएको उनले जानकारी दिए।चीनबाट आउने तरकारीजन्य वस्तुमा मात्रै मूल्य बढेको र अन्यमा समान्य नै रहेको मन्त्ररी भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्