Logo

भुकुटीमण्डपको बजार १० दिनका लागि बन्द हुने!

काठमाडौंको प्रदर्शनीस्थल (भृकुटीमण्ड)मा रहेको बजार १० दिनका लागि बन्द हुने भएको छ ।भृकुटीमण्डपस्थित निम्न व्यापारी संघले शुक्रबारदेखि लागू हुने गरी १० दिनका लागि बजार बन्द गर्ने निर्णय गरेको हो ।भुकुटीमण्डमा अहिले १ हजार वटा साना पसल छन् । अब चैत १७ गतेसम्म भृकुटीमण्डपका सबै पसलहरु बन्द हुनेछन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले २५ जनाभन्दा बढी व्यक्तिलाई भेला नहुन भनेको छ ।सरकारको सोही आग्रहअनुसार शुक्रबारदेखि लागू हुने गरी भृकुटीमण्डप बजार बन्द गर्ने निर्णय गरिएको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्