Logo

भारत र बेलायतबाट फर्किएका २ जनामा कोरोना भाइरसको संक्रमणको आशंका !

भारतीय भूमि हुँदै सिमा क्षेत्र कपिलवस्तुको मर्यादपुरबाट नेपाल प्रवेश गरेका २ जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छ । कोरोनाको आशंका गरिएका उनीहरुलाई तत्काल क्वारेन्टाइनमा पठाइएको छ । बेलायत र भारतको पञ्जावबाट आएका दुई जनालाई सिमानामा रहेको हेल्थ डेस्कले स्वास्थ्य परीक्षण गर्दा उच्च ज्वरोसहित कोरोनाका लक्षण देखिएपछि तत्काल क्वारेन्टाइनमा पठाइएको हो ।

कपिलवस्तुका प्रहरी प्रमुख दिपशमशेर राणाले उनीहरुलाई महेन्द्र आधारभूत प्रावि तौलिहवाको क्वारेन्टाइनमा पठाएको रातोपाटीलाई जानकारी दिए । क्वारेन्टाइनमा १४ दिन राखेपछि मात्रै उनीहरुलाई आ–आफनो घर जान दिइनेछ । २ जनामध्ये १ जना बेलायतबाट भारत हुँदै नेपाल फर्किएका हुन् भने अर्का पञ्जावबाट नेपाल फर्किएका हुन् ।

दुवै जनामा कोरोनाको लक्षण देखिएकाले क्वारेन्टाईनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको प्रहरीको भनाई छ । कोरोना हो होइन भन्ने कुराको पुष्टि गर्न उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्ट ल्याव परीक्षणका लागी पठाउने तयारी भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्