Logo

नेपाल एअरलाइन्सको दुबई र जापान उडान स्थगित : पैसा फिर्ता लिन आग्रह !

नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुबईमा गर्दै आएको नियमित उडान चैत ७ गतेको मध्यरातदेखि लागू हुनेगरी स्थगित गरेको छ ।उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्मका लागि स्थगित गरिएको निगमले जनाएको छ ।

चैत्र ७ गते र त्यसभन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमको भनाइ छ ।उडान चालु रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पुरै रकम उपलब्ध गराइने निगमले जनाएको छ । निगमले यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्