Logo

गगन थापाको अनुरोधमा नेपाल टेलिकमद्वारा कोरोना सं’क्रमण सचेनात्मक रिंगब्याक टोन

विश्वभर म’हामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ‘कोभिड १९’ को सं’क्रमणको सतर्कताको लागि सरकारले नागरिकलाई विभिन्न सूचना जारी गर्दै सचेत बन्न अनुरोध गरीरहेको छ । यसै बीच नेपाल टेलिकमले आज देखि रिंगब्याक टोनका रुपमा बज्ने धुन हटाउँदै कोरोना सचेतना सन्देश दिन थालेको छ ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो । पूर्व स्वास्थ्य मन्त्री एबम युवा नेता गगन थापाले गत चैत्र २ गते नेपाल टेलिकमका कार्यकारी निर्देशक कार्यालय मा गएर कोरोना संक्रमणको सतर्कताका लागि सचेतनामूलक रिंगब्याक टोनमा( CRBT) राखिदिन अनुरोध गर्नु भएको थियो ।

सन्देशको विषय र क्रममा भने स्वास्थ्य मन्त्रालयले धेरै काम गर्नुपर्ने छ, आज आफ्नो सामाजिक संजाल मार्फत तत्काल शुरूगर्ने वचन आजको दिन देखि सुरु भएकोमा धन्यबाद दिनु भएको छ । कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोना को लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो ।

पटक-पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ । टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।

प्रतिक्रिया दिनुहोस्