Logo

कोरोना भाइरस : ‘ग्रिनजोन’मा पर्ने विश्वको एउटै मात्र मुलुक नेपाल !

क्रमण भएको पुष्टि भएको छैन । अस्ट्रेलिया, न्युजिल्याण्डलगायत २३ मुलुक रहेको ओसिनियाका ११ देश बिहीबार साँझसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त छन् । संक्रमण नदेखिएका ओसिनियन मुलुकहरूमा किरिबाटी मार्सल टापु, माइक्रोनेसिया, नउरु, पलाउ, पपुवान्युगिनी, सामोआ, सोलोमनटापु, टोंगा, टुभालु, भानुआटु छन् ।

४१ मुलुक रहेको उत्तर अमेरिकाको ८० प्रतिशत भूभाग भने क्यानडा र संयुक्त राज्य अमेरिकामा पर्छ । उत्तर अमेरिकामा पाँच मुलुक मात्रै संक्रमणमुक्त छन् । तिनमा हाइटी, ग्रेनाडा, डोमिनिका, बेलिज, सेन्ट किट्स एन्ड नेभिस छन् । यसैगरी १४ मुलुक रहेको दक्षिण अमेरिकामा पर्ने फकल्याण्ड टापुमा मात्र अहिलेसम्म कुनै कोरोना भाइरसको संक्रमण फेला परेको छैन ।

बिहीबार यो सामग्री तयार पार्दासम्म कोरोना भाइरसबाट विश्वमा संक्रमित हुनेको संख्या दुई लाख २० हजार नाघेको छ भने आठ हजार नौ सय ८३ जनाले ज्यान गुमाइसकेका छन् । ८५ हजार सात सय ७९ जना ‘रिकभर’ भएका छन् । संक्रमणको अवस्थामा रहेका एक लाख ५८ हजार सात सय ५१ मध्ये ६ हजार आठ सयको अवस्था गम्भीर छ ।
कोरोना भाइरसले विश्वलाई तीन भागमा विभाजित गरिदिएको छ । एक, कोरोनाको संक्रमण देखिएका मुलुक । दुई, कोरोनाको संक्रमणले छुँदै नछोएका मुलुक । तीन, कोरोना संक्रमण देखिएर यसको प्रभावबाट मुक्त बनेका मुलुक । यसमध्ये कोरोना भाइरसको संक्रमण विश्वका एक सय ५२ मुलुकमा देखिइसकेको छ । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भएकाले ती मुलुकलाई ‘रेडजोन’को कोटिमा राखिएको छ । विश्वमा रहेका ६१ प्रशासनिक क्षेत्रमध्ये कोरोना भाइरसको संक्रमण देखिएका २६ प्रशासनिक क्षेत्र पनि ‘रेडजोन’मा परेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ४२ मुलुक मुक्त छन् । यसैगरी ३७ वटा प्रशासनिक क्षेत्र कोरोनामुक्त भएकाले ‘ह्वाइटजोन’मा छन् । दक्षिण–पूर्वी एसियामा नेपाल र भुटानमा यतिवेला एकजनामा पनि कोरोना भाइरस छैन । विश्व स्वास्थ्य संगठनले नेपाल र भुटानमा आयातीत संक्रमित मात्रै भेटिएको, स्थानीय संक्रमित नरहेको जनाएको छ । त्यसमध्ये भुटानमा भेटिएका एक कोरोना संक्रमित अमेरिकी पनि कोरोनामुक्त भइसकेपछि स्वदेश फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमणबारे ताजा जानकारी सार्वजनिक गरिरहेको वर्ल्डाेमिटरले सबै संक्रमित ‘रिकभर’ भइसकेको भन्दै नेपाललाई ‘ग्रिनजोन’मा राखेको छ । वल्र्डाेमिटरका अनुसार संक्रमण फैलिएका देशमध्ये नेपाल मात्रै ‘ग्रिनजोन’मा परेको मुलुक हो । भुटानमा भेटिएका कोरोना भाइरस संक्रमित व्यक्ति गैरभुटानी (अमेरिकी) भएकाले वर्ल्डाेमिटरले भुटानलाई ‘ग्रिनजोन’मा नराखेको हो ।

नेपाल र भुटानबाहेक एसियाका आठ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । ५१ देश रहेको एसिया महादेशका ४२ देशमा भने कोरोना भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसको संक्रमण नदेखिएका एसियाली मुलुकमा तुर्कमेनिस्तान, यमन, सिरिया, उत्तर कोरिया, लाओस, म्यानमार, टिमोर लेस्ट र ताजिकिस्तान छन् । यद्यपि उत्तर कोरिया र यमनको तथ्यांक बाहिर नआएको हुन सक्ने अनुमान गरिएको छ ।

५८ देश रहेको अफ्रिकी क्षेत्रका २२ वटा मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । अन्य ३६ मुलुकमा भने संक्रमण भेटिएको छ । संक्रमण नभेटिएका मुलुकहरूमा बेत्सवाना, बुरुण्डी, काबो भर्डे, मध्यअफ्रिकी गणराज्य, चाड, कोमोरोज, कोटे डिभोलियर, इरिट्रिया, गुयना–बिसाउ, लेसोथो, लिबिया, माडागास्कर छन् । यसैगरी मलावी, माली, मोजाम्बिक, साओ टोमे एन्ड प्रिन्सिपे, सियरालियोन, नाइजर, युगाण्डा, जिम्बाबेमा पनि अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

यसैगरी युरोपका ४८ मध्ये सबै मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । चार दिनअघिसम्म मोन्टेनेग्रो कोरोना भाइरसबाट मुक्त मुलुक थियो । तर, मोन्टेनेग्रो अब अन्तिम संक्रमित मुलुक बनेको छ ।

पूर्वी र पश्चिमी गोलार्धहरूको भाग एवं अस्ट्रेलिया महादेश समेट्ने ओसेनिया क्षेत्रका केही मुलुक कोरोना भाइरसमुक्त छन् । धेरैजसो टापुबाट बनेका यी मुलुकमा कोरोना भाइरसको सं

प्रतिक्रिया दिनुहोस्