Logo

प्यूठानमा एसइई दिन आएकी किशोरीको मृत्यु

प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । चैत ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नम्बर ७ पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो ।उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा नं ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना

अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताएघाइतेलाई जिल्ला अस्पताल बिजुजारमा सामान्य उपचारपश्चात् भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि पुनः काठमाडाैंको ब्लुक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए । सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको उनको भनाइ छ

प्रतिक्रिया दिनुहोस्