Logo

नेपाल भरिका सम्पूर्ण अदालत २ साता बन्द हुने

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु दुई साता बन्द हुने भएका छन् ।शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आइतबारदेखि आगामी चैत २२ गतेसम्मका लागि देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाइ दुई साता रोक्ने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो ।यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाइ स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।

सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन साताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्