Logo

चैत १० देखि लामो दूरीका यातायात बन्द !

सरकारले कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणबाट रोक्‍नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका हुन्।

प्रधानमन्‍त्रीले भने, ‘आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’

यातायात व्यवस्था विभागका अनुसार २ सय ५० किलोमिटरभन्दा टाढाको दूरीलाई ‘लामो दूरी’ मानिन्छ। विभागकामहानिर्देशक गोगनबहादुर हमाल भने, ‘काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द हुन्न,२ सय ५० किलोमिटर भन्दा टाढालाई लामो दूरीलाई मानेका छौं।’

यस्तै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएकोप्रधानमन्‍त्री ओलीले जानकारी दिए। उनका अनुसार सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ। सीमामा जाँचका सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने प्रधानमन्‍त्रीले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्