Logo

दुखद खबर :चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको अष्ट्रेलियामा मृ’त्यु !

अष्ट्रेलियाको सिड्नीमा शुक्रबार दुई नेपाली युवाको मृ’त्यु भएको छ । क्याम्पिंगका लागि स्थानीय बरोअरा नेशनल पार्कमा शुक्रबार राति ७ः३० बजे आ’पतकालीन सेवालाई बोलाइएको थियो । तत्कालै घ’टनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उ’द्धार गरी हेलिकोप्टर मार्फत अस्पताल लगेका थिए ।

उ’द्धार गरिएका व्यक्ति प्रदिप पाण्डे भएको बताइएको छ ।अर्कोतर्फ, हराईरहेका दुईजनाको खोजी जारी राखेका उ’द्धारकर्मीले राति ११ः३० बजे मात्र उनीहरुको श’व भेट्न सफल भएका थिए ।दिउँसोदेखि नै क्याम्पिंगमा गएका उनीहरु साँझ परेपछि पानीमा पौ’डीका लागि छिरेका थिए । त्यसपछि द’लदलमा भा’सिएका कारण उनीहरु माथि आउन सकेनन् ।

प्रहरीले दुईजनाको श’व पो’ष्टमार्टमका लागि पठाएको छ । मृ’तकका एक आफन्तले दिएको जानकारी अनुसार मृ’त्यु हुनेमा विशाल सेढाई र रोशन छत्कुली छन् । उनीहरु क्रमशः २६ र २३ वर्ष उमेरका थिए । सेढाई पेशाले ईन्जिनियर हुन् । अष्ट्रेलियाको पढाई सकाएर एक वर्षदेखि उनी आफ्नो पेशामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्