Logo

२४ घण्टामै ४४० जनाको मृत्यु भएपछि जो इटाली फर्कन चाहँदैनन्, भन्छन्- ‘यति बेला नेपालमै ठीक छ’

पोखरा, ८ चैत । फेवातालको आडैमा बसेर दुई इटालियन महिलाले एक नेपाली व्यवसायीसँग सल्लाह मागे, ‘सिक्लेस ठीक कि धम्पुस ?’ व्यवसायीले कास्कीका दुवै पर्यटकीय गाउँसम्म पुग्न लाग्ने समय, खाने, बस्ने खर्चको विवरण सुनाए ।

५९ वर्षीया ज्योभना तोमासी ‘ट्राभल ब्लगर’ हुन् । उनी वर्षमा मुस्किलले दुई महिना इटाली बस्छिन् । अरू समय विदेश घुमेरै बिताउँछिन् । किताब लेख्ने तयारीमा रहेकी उनी नेपाल आएको तेस्रोपल्ट हो, पोखरा दोस्रोपल्ट । मार्च ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झर्दा उनको ज्वरोबाहेक केही नापिएन । नत स्वस्थ रहेको प्रमाणपत्र नै मागियो । मार्च ६ मा उनीसँगै जोडिइन् ६९ वर्षीया डोनिनी डोनाटेला । श्रीलंका बसेर आएकी उनले स्वस्थ भएको प्रमाणपत्र विमानस्थलमा बुझाइन् । क्वारेन्टाइनमा बस्न दुवै जनालाई भनिएको थिएन । कोभिड–१९ को संक्रमणका कारण उनीहरूको देश ‘लकडाउन’ गरिएको छ ।

विश्व कोभिड–१९ को त्रासमा रहँदा दुवै जना काठमाडौंमा फुक्काफाल घुमे । १० दिन काठमाडौंमा बिताएर चितवन हान्निए । तीन दिन सौराहा वरपर बिताए । बुधबार पोखरा आए । दुवै गुम्बामा पुग्छन् । प्रार्थना गर्छन् । डाँडामा पुगेर ध्यानमा मग्न हुन्छन् । नेपाल आउनुअघि १५ दिन सेल्फ क्वारेन्टाइनमा बसेको ज्योभनाले सुनाइन् । त्यसअघि उनी १५ दिन ओमनमा बिताएर आफ्नो देश पुगेकी थिइन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्