Logo

कोरोना संक्रमित बिरामीबारे अफवाह फैलिएको भन्दै नर्भिक अस्पतालले निकाल्यो विज्ञप्ति


थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको हल्ला अफवाह मात्र भएको भन्दै आपत्ति जनाएको छ ।सामाजिक सञ्जालमा हल्ला भएजस्तो अस्पतालमा कुनै कोरोना भाइरस संक्रमितको मृत्यु नभएको नर्भिक अस्पतालले जनाएको छ।

सामाजिक सञ्जालमा उठेको विषयमा ध्यानाकर्षण भएको भन्दै नर्भिक अस्पतालले निकालेको विज्ञप्ति यस्तो छ :


अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई कोरोना लागेको एक जनाको मृत्यु भएको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएको र यस्ता हल्लाका पछि नलाग्न अस्पतालले आग्रह गरेको छ ।अस्पतालका नायब महाप्रबन्धक आर.पी मैनालीले अस्पतालमा कोरोनाका कुनै पनि बिरामी नभएको बताएका छन् ।

नर्भिक अस्पतालमा कोरोनाबारे कुनै परीक्षण नहुने अस्पतालले जनाएको छ । उसले कोरोना भाइरसको परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुने प्रष्ट पार्दै कोरोनाका बिरामी नर्भिकमा उपचाररत भन्ने हल्लामा सत्यता नभएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्