Logo

चट्याङ्ग लागेर गुल्मीमा एक महिलाको मृत्यु

गुल्मीमा चट्याङ्ग लागेर शनिवार विहान एउटी महिलाको ज्यान गएको छ । जिल्लाको सत्यवती गाउँपालिका –३, ठुलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको मृत्यु भएको हो ।

गएराती चट्याङ्ग लागेर पाल्पाको मिसन अस्पताल पुर्याइएकी श्रीसको उपचारका क्रममा शनिवार विहान मृत्यु भएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले पुष्टि गरे । एसपी जिसीका अनुसार श्रीसको जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरिदूँछ ।

प्रतिक्रिया दिनुहोस्