Logo

कोरोनाविरूद्ध सेनाले आकाशबाट औषधि छर्किँदैनः नेपाली सेना

कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् ।सेनाले काठमाडौंको आकाशमा हेलिकप्टरबाट कोरोनाको औषधि छर्किंदैछ भनेर युवतीको आवाजमा रहेको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आकाशबाट औषधि छर्किएर कोरोना भाइरस नियन्त्रण हुने कुनै विधि पत्ता नलागेको अवस्थामा अडियोमा भनिएको जस्तो गतिविधि नहुने सेनाले स्पष्ट पारेको छ ।‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो ।

यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्