शनिबार पौने दुई लाखले काठमाडौं छाडे !
कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमबाट बच्न उपत्यका छाड्ने को जमात दैनिक बढ्दो छ । शनिबार सबैभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार साँझसम्म एकैदिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका हुन् ।
यही दिन बाहिरिने गाडीको संख्या २७ हजार २ सय ६० रहेको छ। त्यस्तै शनिबार नै ४० हजार १ सय ६३ यात्रुसँगै १४ हजार ५ सय ७४ सवारी साधन काठमाडौं भित्रिएका छन्।
४ दिनमा साढे ३ लाख मानिस उपत्यकाबाट बाहिरिए
बुधबारयता काठमाडौं छाड्ने यात्रुको संख्या ४ लाख ७० हजार १ सय १७ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भिमप्रसाद ढकालले बताए। उनका अनुसार टिकट काउन्टर र बसपार्कमा शनिबार यात्रुको भिड अघिपछि भन्दा बढी रहेको थियो।
हेर्नुहोस्, उपत्यकाबाट कुन दिन कति यात्रु र सवारी साधन बाहिरिएः
बार | उपत्यकाबाट बाहिरिने यात्रु संख्या | उपत्यकाबाट बाहिरिने सवारी साधन संख्या | |
बुधबार | ९५,२४७ | १७,५२४ | |
बिहीबार | ८९,८०४ | १६,८२४ | |
शुक्रबार | ९८,५१७ | १४,३३८ | |
शनिबार | १,८६,५४९ | २७,२६० |
प्रकाशित : चैत्र ८, २०७६ १९:५६