Logo

कोरना भाइरस निर्मूल पार्न बिनोद चौधरी गरे भव्य पुजा !

संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसकाे जोखिमबाट बच्‍नलाई सरकारले विभिन्न घोषणाहरु गरिरहेका बेला सांसद विनोद चौधरी भने शनिबार शाश्वतधाम नवलपरासीमा आयोजित पुजामा सहभागी भए ।

दुम्कौलीस्थित शाश्‍वतधाम मन्दिरमा आयोजना गरिएको यो पुजा र हवन कोरोना भाइरस निर्मूल पार्न भन्दै गरिएको थियो । पूजामा उद्योगपति एवं सांसद चौधरी परिवारसहित सहभागी थिए।

चौधरी ग्रुपका महाप्रबन्धक नारायण श्रेष्ठले कोरोना महामारीको त्रासबाट मानव कल्याणका लागि शास्वतधाम मन्दिरका तर्फबाट संकल्प पूजा गरिएको बताए। विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य सचेतनाको मापदण्ड पूरा गरेर मन्दिरमा पूजा तथा हवनमा गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्