उदयपुर । १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उदयपुरको रौतामाई गाउँपालिका–६ का १९ वर्षीय सोमबहादुर तामाङ पक्राउ परेका छन् ।
किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि अस्थायी प्रहरी पोष्ट रौतापोखरीबाट खटिएको टोलीले उनलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















प्रतिक्रिया