Logo

ट्र्याक्टरको ठक्करबाटसात वर्षीय बालकको मृत्यु

प्रदेश २ सिरहाको लहान नगरपालिका–१५ मोहनपुरस्थित भित्री सडक खण्डमा ट्र्याक्टरको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ५३०० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सिरहाको सुखिपुर घर भई लहान नगरपालिका–१५ मोहनपुरस्थित मामा घर बस्दै आएका सञ्जयकुमार महतोका सात वर्षीय छोरा स्वागतको मृत्यु भएको हो ।ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते स्वागतलाई उपचारका लागि लहानतर्फ ल्याउँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ !

प्रतिक्रिया दिनुहोस्