Logo

‘सक्किगोनी’ को प्रसारण स्थगित !

चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ को प्रसारण स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै ‘सक्किगोनि’ को प्रसारण स्थगित गरिएको जनाइएको छ ।

सक्किगोनिका एक पात्र सुबोध गौतम ‘एकदुमे’ले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित कार्यक्रमहरु हाललाई स्थगित गर्ने र आफू ‘सेल्फ क्यारेन्टाईन’मा बस्ने निर्णय गरेको बताएका छन् ।

‘बिश्वब्यापी कोरोना भाईरस(Covid-19)को संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको ‘लक डाउन’को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाल लाई स्थगित गर्ने र आफू ‘सेल्फ क्यारेन्टाईन’ मा बस्ने निर्णय गरेका छौँ । यसले गर्दा नियमित रुपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म ‘सक्किगोनी’केही समय स्थगित हुने कुराको जानकारी गराउँदछौ । यसबाट आदरणीय दर्शकहरुमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौ’ उनले फेसबुकमा स्टाटस लेखेका छन् ।

फेसबुक स्टाटसः

प्रतिक्रिया दिनुहोस्