Logo

बहराइनमा ३ जना नेपालीमा कोरोना संक्रमण, अन्य ३ जना क्वारेन्टाइनमा ! सेयर गरौ

बहराइनमा कार्यरत रहेका ३ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बहराइनस्थित नेपाली राजदूतावासका राजदूत पदम सुन्दासले डिसी नेपाललाई दिएको जानकारी अनुसार एक हप्ताअघि देखि क्वारेन्टाइनमा रहेका ३ नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

‘एक हप्ता अघिदेखि क्वारेन्टाइनमा रहेका ३ जना नेपालीमा संंक्रमण पुष्टि भएको छ । २ जनामा हिँजो देखिएको थियो भने आज थप १ जनामा देखिएको हो,’ उनले डिसी नेपालसँग भने।

त्यस्तै थप ३ जना नेपालीलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए । उनीहरुको परिचय भने गोप्य राखिएको छ । ‘हामीले उहाँहरुको विवरण मागेका छौँ । भोली आइपुग्छहोला,’ उनले भने ‘उहाँहरुको अस्पतालमा उपचार भैरहेको छ । आत्तिनुपर्नै अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्