Logo

भोलि बिहान ६ बजे देखि घरबाहिर निस्किन नपाइने, सरकारले निकाल्यो बिगवती (हेर्नुस भिडियो सहित )

उच्चस्तरीय समन्वय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले भोलि ११ गतेदेखि १८ गतेसम्मका लागि सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो । अत्यावश्यक वस्तु बोक्ने सवारीबाहेक सबै साधन गुड्नमा पनि रोक लगाइएको छ ।त्यसैगरी अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय बन्द गर्न निर्देशन दिएको छ ।

अभाव र कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने निर्णय पनि समितिले गरेको छ । त्यसैगरी सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वकोसमितिको बैठकले प्रहरीलाई घर बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङ गर्न निर्देशन दिएको छ । यसैबीच सरकारले स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका साधनसहित आवश्यक मेडिकल सामाग्रीहरु हवाइजहाज चार्टर गरेर ढिलोमा शनिबारसम्म खरिद गरेर ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्