Logo

९५ वर्षीय हजुरआमाले ईटालिमा जितिन् कोरोनाभाइरसलाई, घर फर्किंदा संसारभर चर्चा !

ईटालिमा अहिले सम्म ५९००० बढि कोरोना भाइरसबाट संक्रमित छन् भने ५००० बढि कोरोना भाइरसका कारण मृत्यु समेत भइसकेको छ । ईटालिमा कोरोनाभाइरसका कारण सिर्जना भएको अवस्थाले संसारभर त्रास फैलिरहेको बेला ९५ वर्षीय एक ईटालियन हजुरआमाले कोरोना भाइरसलाई भने जितेर घर फर्केकी छिन् ।

ईटालीकि ९५ वर्षीय आलमा क्लारा कोर्सिनी अस्पतालबाट घर फर्केकी छिन् । कोरोनाभाइरसबाट संक्रमित भएपछि आलमा अस्पताल भर्ना भएकी थिइन् । उनको उमेरलाई मध्यनजर राख्दै अस्पतालमा राखेर उपचार गरिएको थियो भने उनले एन्टीभाइरल ट्रिट्मेण्ट बिना नै कोरोनाभाइरससंग लड्न सफल भएकी थिइन् ।

अस्पतालबाट बाहिरिंदै गर्दा आलमाले संचारकर्मीसंग कुराकानी गर्दै भनिन्, “अस्पतालमा मलाई उपचार गर्ने देखि सेवा गर्ने सबैले साथ र माया दिनुभयो र म सबैलाई धन्यवाद दिन चाहन्छु ।”

आलमालाई फाल्गुन २२ गते लक्षण देखिए पश्चात अस्पतालमा भर्ना गरिएको थियो । निरन्तर ज्वरो आएको कारण आलमाले अस्पताल पुगेर कोरोनाभाइरसको जांच गरेकी थिइन् । अस्पतालको स्टाफका कारण आफू ठिक भएको आलमाले उल्लेख गरेकी छिन् । आलमा घर पुगे संगै अहिले संसारभर उनको आत्मबलको चर्चा चुलिएको छ भने ईटालिका संक्रमितहरु बीच समेत मनोबल बढाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्