Logo

कोरोनाको कारण : २४ घण्टामा ५ सय १४ जनाको ज्यान गयो

काठमाण्डौ – स्पेनमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण एकैदिन पाँच सय १४ जनाको ज्यान गएपछि अवस्था नाजुक बनेको छ ।

सरकारी तथ्याङ्कका अनुसार कोरोनाका कारण अहिलेसम्म दुई हजार ६ सय ९६ जनाको ज्यान गएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या ४० हजार नजिक छ ।

सङ्क्रमितमध्ये पाँच हजारभन्दा बढी स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारी रहेका छन् ।

कोरोनाका कारण स्पेन युरोपमा इटलीपछि सबैभन्दा बढी प्रभावित बनेको छ । इटलीमा ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघिसकेको छ ।

स्पेनका अधिकांश सङ्क्रमित मड्रिड शहरमै पाइएका छन् । त्यस्तै क्याटालोनिया र अन्य शहर कोरोनाबाट बढी प्रभावित भएका छन् ।

मड्रिडको सीमा क्यासिलिया–ला मान्चा र क्यासिलिया वाई लियोनमा सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । यी दुई क्षेत्रमा जनसङ्ख्या बाक्लो छ ।

प्रतिक्रिया दिनुहोस्