Logo

श्रीमतीलाई झुक्याएर गर्लफ्रेन्डसँग डेटिङ जाने श्रीमानलाई कोरोना संक्रमण !

एक बेलायती व्यापारी अहिले भाइरसको संक्रमण भन्दा पनि उनको वास्तविकता श्रीमतीले थाहा पाउलिन् कि भन्ने पिरबाट ज्यादा त्रसित छन् । यी व्यापारी आफ्नी श्रीमतीलाई बेलायतभित्रै व्यापारिक भ्रमणका लागि जाने भनेर घरबाट निस्किएका थिए, तर उनी इटलीमा आफ्नी गर्लफ्रेन्डसँग डेटिङमा गएका थिए ।

श्रीमतीलाई सजिलै झुक्याउन त उनी सफल भए, तर इटलीमा फैलिएको कोरोना भाइरसको महामारीलाई ख्याल गरेनन् । घर फर्किएलगत्तै कोभिड–१९ को लक्षण देखिन थाल्यो र अन्ततः परीक्षणपछि उनी संक्रमित भएको पुष्टि भयो ।
यी व्यक्तिले इटली घुमेको स्विकारेपनि घटना सार्वजनिक हुने डरले प्रेमिकाको नाम चिकित्सकलाई बताएका छैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्