काठमाडौँको गोकर्णेश्वरमा गोली प्रहार


काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

बिहीबार राति भएको घटनामा प्रहरीले सुजन तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिएका छन्।

प्रहरीका अनुसार तामाङ सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा चलाएको गोली तामाङको दायाँ खुट्टामा लागेको एसएसपी घिमिरेले बताए।

गोली लागेर घाइते भएका तामाङलाई नियन्त्रणमा लिएपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।