Logo

चिनियाँ नागरिक भन्छन्–‘सरकारले ढाँट्यो, कोरोनाबाट ४२ हजार बढी मरेका हुन्’…..(भिडियो सहित)

कोरोनाभाइरसको उद्गमथलो बुुहानका स्थानीय बासिन्दाले कोरोनाले गर्दा बुुहानमा मात्रै ४२ हजारको मृत्युु भएको बताएका छन् । यो संख्या चिनियाँ अधिकारीहरुले पूरै देशभर मरेका भनेर दाबी गरेको संख्याभन्दा दश गुुणा धेरै हो । सव्र्रपथम चीनको बुुहानमा देखिएको कोरोनाभाइरसले चीनमा ३ हजार ३ सय मानिस मरेका र ८१ हजार मानिस संक्रमित भएको चीन सरकारले जनाएको छ । जसमा हुुवेई प्रान्तमा मात्र ३१८२ जनाको मृत्युु भएको जनाइएको छ । तर वुुहान सहरका बासिन्दाले सातवटा अन्तेष्टि घरबाट प्रत्येक दिन मृतकका परिवारलाई जलाइएको लासको खरानी भएको ५०० वटा कलशहरु हस्तान्तरण गरिएको दाबी गरेका छन् । यसको अर्थ प्रत्येक २४ घण्टामा ३५०० लासको खरानी मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।

वुुचहाङ, हान्याङमा घर भएका मृतकका आफन्तहरुलाई अप्रिल ५ भन्दा अगाडि नै अन्तेष्टि गरेको खरानी हस्तान्तरण गरिने त्यहाँका अधिकारीहरुले बताएका छन् । अप्रिल ५ मा चीनमा मृतक पूर्खाको सम्झनामा क्युुङ मिङ भन्ने चाँड मनाइन्छ । यसको मतलब अबको १२ दिनमा ४२ हजार खरानीयुुक्त कलश हस्तान्तरण गरिनेछ ।

स्थानीय मिडियाका अनुुसार यसभन्दा अघिको रिपोटमा हन्कौ परिसरमा केवल दुुई दिनमा ५ हजार खरानीयुुक्त कलश हस्तान्तरण गरिएको थियो । ५ करोड जनसंख्यालाई लकडाउनमा राखिएको हुुवेई प्रान्त अहिले खुुलेको छ ।

लकडाउन खुुलेपछि कोरोना टेस्टमा नेगेटीभ देखिएकालाई प्रदान गरिएको हरियो सर्टिफीकेट भएकाहरुलाई २५ मार्चको मध्यरातदेखि सहर बाहिर जान अनुुमति दिइएको थियो । जनवरी २३ देखि लकडाउन गरेपछि पहिलोपटक त्यहाँका मानिसहरुलाई सहर बाहिर जान अनुुमति दिइएको छ ।


वुुहानका एक वासिन्दाले आफ्नो थर ज्याङ मात्रै बताउँदै आरएफएलाई भने–‘सरकारले कोरोनाबाट मृत्युु भएको भनेर दिएको आकँडा ठिक छैन लाश जलाउने व्यक्तीहरु दिनरात सक्रिय भएको देख्दा यति थोरै मानिस मात्र कसरी मरेको भन्न मिल्छ ।’ वुहानका अर्का एक बासिन्दाले सरकारी अधिकारीहरुले मानिसहरुलाई वास्तविकता दिलाउन विस्तारै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असली आँकडा दिने बताए । हुवेई प्रान्तका अधिकारीको एक निकट स्रोतले आधिकारीक उपचारबिनै धेरै मानिस आफ्नै घरमा पनि मरेको बताए ।

(डेलीमेल र द सनको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्